ताजा समाचार

चार देशीय टि–२० सिरिजः नेपालले पहिलो खेल हङकङ सँग खेल्दै

काठमाडौं ।आईसीसी टि २० क्वलिफायरको तयारी स्वरुप आज नेपालले चिरपरिचित प्रतिद्धन्दी हङकङ सँग चार देशिय टि २० प्रतियोगिताको पहिलो खेल खेल्दै छ ।
हङकङ सँगको खेल स्थानिय समय अनुसार दिउँसो २ बजे मलेसिया स्थित बायुमास ओभालामा सुरु हुने तालिका रहेको छ ।

नेपाल र हङकङको खेल अघि भने घरेलु टोली मलेसिया र कुवेत बिच हुनेछ ।

यही महिनाको अगष्ट ३१ देखि मलेसियामा हुने आईसीसी महिला टी २० विश्र्वकप एसिया क्वालिफायरको तयारी स्वरुप उक्त सिरिजको आयोजना गरिएको हो ।

विगतमा पनि नेपाल र हङकङ बिच विभिन्न प्रतियोगिता भएका छन, जसमा नेपालले २०१९ यता हङकङलाई हराउन सकेको छैन् ।
सन् २०१९ मा भने नेपालले ४ विकेटले हङकङलाई पारजित गरेको थियो । आज पनि हराएर नेपाल सिरिजमा सुखद सुरुवात गर्न चाहान्छ ।

अन्तीम भेट गत जुनमा भएको इमर्जिङ कपमा भने नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org