ताजा समाचार

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाण्डौं ।प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि भदौ ६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदअघि शीर्ष तहको बैठकमा नेताहरु सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित भएकाले आज अन्तिम रुप दिन सकिएन। जसका कारण आजको शीर्ष तहको बैठक एजेन्डा तय नै नभई स्थगित हुन पुगेको छ।स्वास्थ्यका कारण एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको बताईएको छ।

लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org