ताजा समाचार

ड्युटीमा खटिएका प्रहरी निरीक्षकमाथी धारिले हतियारले आक्रमण

काठमाडौं । ड्युटीमा खटिएका प्रहरी निरीक्षकमाथी धारिले हतियारले आक्रमण भएको छ ।
इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि आज ड्युटीमै भएका बेला आक्रमण भएको हो।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट कटवालको टाउकोमा र हातमा चोट लागेको छ ।

राजमार्गमा रोक्न खोज्दा प्रहरी निरिक्षक माथि आक्रकण भएको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ ।
स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारको लागि बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ ।

प्रहरीलाई आक्रमण गर्नेहरु मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org