ताजा समाचार

क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दामा आजदेखि फेरि सुनुवाइ हुने

काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

सन्दीपले जिल्ला अदालतमा कागज गर्दै ‘बयानका दिन कुनै शुभचिन्तकले आफूलाई त्यो कागजात दिएकाले प्रमाण हुने ठाँनी पेस गरेको’ जवाफ दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो । फेरि इजलासले कुनै प्रमाण मगाउन आवश्यक नठानेमा आइतबारदेखि मुद्दामाथि निरन्तर सुनुवाइ हुनेछ ।

बलात्कारको दाबी र त्यतिको प्रतिवादमा मुद्दाको सुनुवाइ केन्द्रित हुनुपर्नेमा सन्दिप लामिछानेका कानुन व्यवसायीहरुले सुरुदेखि नै पीडित घटनाको दिन बालिग भइसकेको दाबी गर्दै त्यससम्बन्धी कागजात पेस गरेका थिए । सन्दीपले पेस गरेको कागजातलाई आधार देखाएर उच्च र सर्वोच्च अदालतले समेत उनलाई धरौटीमा छाड्ने आदेश दिएकोमा अहिले ती सबैजसो कागजात शंकास्पद देखिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org