ताजा समाचार

कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेस संसदीय समितिका सभापतिका लागि आफ्नो दलका सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने पक्का छ। जसअनुसार कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडाको नाम टुंग्याएको छ। यस्तै, संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा जीवन परियार, कृषि समितिको सभापति आरजु राणा र अर्थ समितिको सभापतिमा सन्तोष चालिसेको नाम टुंग्याएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरेको घोषणा गरेको थियो। जसअनुसार आज (आइतबार) सभापतिका उम्मेदवारको मनोनयन दर्ता हुँदै छ।

आज (आइतबार) बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ।

यसपटक संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org