सडक दुर्घटनामा सात जनाको मृत्यु, एघार घाइते
काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका उद्धार सेवाका एक जना अधिकारीले बताएका छन् । मानसेराको माङ्ला क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट खसेर दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीयवासी र उद्धारकर्मी घटनास्थलमा पुगेका थिए । उनीहरूलाई तत्काल अस्पताल पुयाइएको उद्धार सेवाले जनाएको छ । दुर्घटनामा छ जना पुरुष र एक महिलाले ज्यान गुमाएका हुन् । मर्मतसम्भार नगरिएका सडक एवं सवारीसाधान, लापरवाहीपूर्वक सवारी सञ्चालन, सवारी नियमको अक्षरसः पालना नहुँदा पाकिस्तानमा नियमितरुपमा सडक दुर्घटना हुने गरेका छन् ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












