ताजा समाचार

गणपूरक संङ्ख्या नपुग्दा ऐन संशोधन प्रस्ताव संसदमा टेबल हुन सकेनन्ः बैठक भदौ १८ गते बस्ने गरी स्थगित

काठमाडौं । गणपूरक संख्या नपुग्दा प्रतिनिभिसभामा केही नेपाल ऐन संशोधन विधयेकलाई विचार गरियोस् भन्ने प्रस्तव निर्णयार्थ प्रस्तुत नहुने भएको छ ।

मंलबार प्रनिनिभिसभामा सैद्धान्तिक छलफलपछि सभामुखले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकलाई विचार गरियोस भन्ने पूस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । त्यतिकैमा रास्वपा सांसद सुमना श्रेष्ठ, नेकपा एमाले सांसद ठाकुर गैरे,र दामोदर बैरागीले प्रस्ताव पेश गर्न गणपूरक संङ्ख्या नभएको भन्दै प्रस्ताव पेश गर्न नमिल्ने भनेका थिए ।

सांसदले बताए लगत्तै सभामुख देवराज घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संङ्ख्या यकिन गर्न भनेका थिए र गणपूरक संङ्या नभएको पाइयो।

संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । तर सभामुखको निर्देशनपछि गणना गर्दा ५९ जना सांसदमात्र उपस्थित भएको पाइएको थियो ।

त्यसपछि सभामुख घिमिरेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाएनन्, कार्यसूचीका अन्य विषय पनि हटाए र प्रतिनिधिसभा बैठक ६ दिनपछि अर्थात् भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी गरि स्थगित गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org