ताजा समाचार

शुक्रबारदेखी तातोपानी नाकाबाट स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने

काठमाडौं । शुक्रबारदेखी तातोपानी नाकाबाट स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्।

गत मंंलबार चिनको ल्हासामा भएको नेपाल र चिनियाँ अधिकारीहरु बीचको छलफलमा सहमति भए सँगै आवतजावत गर्न पाउने नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमार्फत पुष्टि गरेका छन् ।

कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि शुक्रबारबाट यो नाका यात्रु आवत जावतको लागि खुला गरिन लागेको जानकारी दिएका छन्।

‘चिनीयाँहरूले अहिलेलाई सिन्धुपालचोक बासीहरूलाई र चिनियाँ भिसा भएकाहरूलाई आवतजावत खुला गर्न भनेका छन्,’ पोखरलले भने।

पोखरेलका अनुसार सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन।

यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org