ताजा समाचार

भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे एक हजार रन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर व्यट्सम्यान कुसल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।

कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडी समेत बनेका छन् ।

यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org