ताजा समाचार

नेपालले दुई विकेट गुमायो, कुशलले २ छक्का र तीन चौका हाने

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ ।यो समाचार तयार पार्दासम्म नेपालले दुई विकेट गुमाएर ८० रन बनाएको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै भीम सार्की आउट भएका छन् । अहिले आसिफ शेख र रोहित पौडेल क्रिजमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org