ताजा समाचार

भारतविरुद्ध खेलिरहेको नेपालले गुमायो छैटौं विकेट

काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन झोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ ।

३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।

त्यस्तै उक्त खेलमा नेपालका ओपनर आसिफ शेखले भारतविरुद्ध अर्धशतक समेत पूरा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org