ताजा समाचार

कोशीको विवाद आज पनि हेर्दाहेर्दैमा,अब बिहीबार सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।

सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश दिएको हो ।

मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरेका थिए ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेशमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org