ताजा समाचार

समाजवादी मोर्चाको आज विराटनगरमा सन्देश सभा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडाैँ । समाजवादी मोर्चा नेपालले सोमबार (आज) विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ । सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र सत्ता बाहिर रहेको विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुने छन् ।

सन्देश सभाको सम्पूण तयारी पूरा भएको मोर्चाका प्रदेश संयोजक तथा जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले जानकारी दिए । सभामा प्रदेशका सबै जिल्लाबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरू आउने उनले बताए ।

सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

मोर्चाले यसअघि सातमध्ये ५ प्रदेशमा सन्देश सभा आयोजना गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org