ताजा समाचार

रामेछापमा बस दुर्घटना, हुँदा ७ जना घाइते

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुधबार बिहान रजनटारबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ घाइते भएकी छन् । त्यस्तै सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएकी छन् ।

दुर्घटनामा गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका छन् । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org