‘बालबालिकाको हक अधिकारको संरक्षण गर्न तिनै तहका सरकार प्रतिबद्ध हुनुपर्छ’–प्रधानमन्त्री प्रचण्ड
आज ५९औँ राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना शन्देश दिँदै प्रचण्डले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए। विशेष गरि बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र पारिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् ।
बाल यौन दुर्व्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९ औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ।

Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२...
-
एमाले कोशी र कर्णाली अधिवेशनमा मतगणना हुँदै , गण्डकी प्रदेश अधिवेशन आजदेखि
काठमाण्डौ । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले...
-
मलंगवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइयो
काठमाडौं । सर्लाहीको सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको थियो...
-
रवि लामिछानेले दिए मूल्यवृद्धि फिर्ता लिएकोमा सरकारलाई धन्यावाद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद...
-
स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, अनिश्चितकालीन ‘विरोध कार्यक्रम’ सुरु
काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले माइतीघरमा दबाबमुलक 'विरोध कार्यक्रम' सुरु गरेका छन् । ७५३ वटै तहका कर्मचारीका प्रतिनिधि काठमाडौंमा भेला...
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने...