एसिया कप क्रिकेटः सुपर फोरको अन्तिम खेलमा भारत पराजित, बङ्लादेशले ६ रनले हरायो
काठमाण्डौ । एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भयो । जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।
त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २र२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए । तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले ।
भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...