गैह्रीगाउँ हत्याकाण्डः सीसीटीभी फुटेजमा देखिएका एक जना पक्राउ
काठमाडौं। काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा भएको चार जनाको हत्या घटनामा संलग्न रहेको आशंका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजमा देखिएका आधारमा संदिग्धलाई प्रहरीले आजै पक्राउ गरेको जनाएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो ।
गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ। अनुसन्धानका लागि प्रहरीले अनुसन्धान कार्यलयका प्रमुख सोमेन्द्रसिंह राठौर को नेतृत्वमा ५ सदस्यि टोली बनाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...