क्यानेडियन शिख नेता मारेको आरोपमा एक भारतीय कूटनीतिज्ञ देश निकाला
काठमाडौं । क्यानडामा एकजना शिख नेताको हत्या गरेको आरोप लगाउँदै क्यानडाले भारतीय कूटनितिज्ञलाई देश निकाला गरेको छ ।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए । उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए ।
लगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका बरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् । ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनिन् । यद्यपि देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।
सीबीसीले देश निकाला भएका भारतीय कूटनीतिज्ञ पवन कुमार राय रहेको दाबी गरेको छ ।
भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’
क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने क्यानडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु हाम्रो देशको सम्प्रभूताको उल्लंघन भएको टिप्पणी गरेका छन् । उनले यो हत्याबारे अनुसन्धानका लागि भारतलाई दबाव दिने पनि बताएका छन् ।
क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको बताइन्छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन् ।
Comments
अरु समाचार
-
काठमाडौंमा एक युवकलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले...
-
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार...
-
अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने
काठमाडौं । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा,...
-
दोलखामा प्रहरीले ४ किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१,बाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । केही दिनअघि पनि दोलखाबाट प्रहरीले ७ किलो...
-
आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट...
-
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...
-
झापाको दमकमा एक युवकको हत्या
काठमाडौं । झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या...
-
मेडिकल सञ्चालक पक्राउ
काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...