ताजा समाचार

वार्तामा बोलाउँदा आउनु भएन, राजनीतिक स्वार्थ जोडिएको हुनसक्छ: मेयर बालेन

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् ।

आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बताए । मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका लेखेका छन् ‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने र ?

 

 

विगत केही दिनदेखि अभियन्ता ईःलगायत प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहअगाडि आन्दोलनमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org