प्रधानमन्त्री देशबाहिर रहेका बेला गुप्तचर प्रमुख भेट्न दिल्ली जाँदै थापा
काठमाडौं । प्रधानमन्त्री देश बाहीर भएको बेला गुप्तचर विभाग प्रमुखले पनि देश छाड्ने तयारी गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बुधबार काठमाडौंबाट नयाँ दिल्ली जाने भएका हुन् । कोरिया पुगेर आएका थापालाई ‘रअ’ का प्रमुख रवि सिंहले बोलाएपछि त्यता जान लागेका हुन् । उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जनाएको छ । उहाँ बुधबार भारत जाने कार्यक्रम रहेको छ , विभागका एक अधिकारीले भने । उनका अनुसार थापा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखलाई भेट्न जान लागेका हुन् ।
भदौ ११ गते कोरिया उडेका उनले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको समाचार छ । भारत १२ गते विभागको वार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरीया उडेका थिए । उनी अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमााा पाँच सदस्यीय कोरीयन टोलीलाई बैशाख १ गते नेपालमा स्वगत गरेको थियो । तर यो विषयलाई गुपचुप राखिएको थियो ।
कोरियन गुप्तचर टोलीले त्यतिबेला उनलाई मात्र भेटेको थिएन,प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पनि भेटेर गएको थियो । यो विषय अहिले सम्म गोप्य नै रहेछ । कोरियाबाट नेशनल इन्टेृिलजेन्स सर्भिसका एसिया प्यासिफक चिफ किम हाओन नेपाल आएका थिए ।
माओवादि कोटामा गुप्तचर प्रमुख नियुक्त भएका थापा लामो समय विदश जाने प्रमुखकर्मचारीमध्ये एक हुन् । गुप्तचर विभागमा रहेका कर्मचारीहरु यसरी लामो समयसम्म विदेश भ्रमण गर्नुलाई निको मानिदैन । मुलुकका विभिन्न भागमा रहेका ३००० जनशक्तिमध्ये आधा काठमाडौंमा खटिएको र उनीहरु राजनीतिक प्राकृतिका सूचना सङ्कलन केन्द्रित रहेको कारण अन्य सूचना संकलनमा कमजोर हँदै आएका छन् ।
विभागले आन्तरिक गुप्तचरी मात्रै गर्ने गर्छ । नेपालको छुट्टै बाह्य गुप्तचर निकाय छैन् । प्रधानमन्त्रि कार्यालय मातहत रहेको विभागलाई नेपालमा विदेशी चलखेलको नियन्त्रण र सीमा सुरक्षाजस्ता विषयमा गुप्तचरी सूचना संकलनमा अझ प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने प्रमुख नै विदेश भ्रमणमा दौडिरहेका हुन्छन् ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












