ताजा समाचार

ताल्चा विमानस्थलमा रोकिएका १६ जना चिकित्सकले टिकटै नलिएको पाइयो

काठमाडौँ । मुगु विमानस्थल ताल्चामा रोकिएका १६ जना चिकित्सकहरूले टिकट नलिएको खुलेको छ । चिकित्सकको टोलीले टिकट बुकिङका लागि सम्पर्क गरेको तर कन्फर्म नगरेको समिट एयर लायन्सले जानकारी दिएको छ ।

टोलीले टिकट लिएकै थिएन, बुकिङका लागि सम्पर्क गर्नु भएको हो, तर कन्फर्मचार्हिँ गर्नु भएकै थिएन । र ,उहाँहरु जस्तो जिम्मेवार मान्छेले भीआईपीहरुसँग जोडेर किन विवादको विषय बनाउनु भयो भन्ने आफूलाइ जानकारी नभएको समिट एयर लायन्सका प्रवन्ध निर्देशक मनोज कार्कीले न्युज नेपाललाइ जानकारी दिए ।

प्रवन्ध निर्देशक कार्कीले भने, ‘सञ्चार माध्यममा समिट एयरलाई जोडेर आएजस्तो मुगु विमानस्थल ताल्चामा भएको होइन । भीआईपीको टोलीले सोमबार साँझ पाँच वटा टिकट लिइसकेको थियो । सञ्चार माध्यममा आएजस्तो भीआईपीलाइ चढाउन टिकट काटिसकेका डाक्टरलाई समिटले उता¥यो भन्ने समाचारमा सत्यता नै छैन । टोलीले टिकट नै काटेको थिएन ।’

बिरामी र माओवादीका तीनजना नेतासहित बाँकी चिकित्सकलाई जहाजमा सँगै जान आग्रह गरेको भए पनि चिकित्सकहरुले १६ जनामा एकजना पनि नछुट्ने भनेपछि समस्या उत्पन्न भएको हो । १६ जना चिकित्सकको समूह सँगै जाने भनेपछि कुरा नमिलेको र जहाजले आधा घन्टा पर्खेर बिरामी र सुत्केरीसहित नेपालगञ्ज उडेको थियो । पर्यटन मन्त्री सुदन किरातीको निर्देशनमा ताल्चामा छुटेका चिकित्सकलाई लिन वायु सेवा निगमको जहाज त्यसतर्फ गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org