ताजा समाचार

बाजुरामा सुत्केरी महिलाको ज्यान खतरामा,उद्धारका लागि पहल गरिदै

काठमाडौं । बाजुरामा  रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा एक महिलाको ज्यान जोखिममा परेको छ ।

बाजुरा जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ को  विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि महिलाको ज्यान जोखिममा परेको हो ।

सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताएका छन् ।

उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org