मानवअधिकार परिषद्मा सामेल हुने रुसको प्रयास
काठमाडौं । रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास गरेकाे छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो ।
रुसले राष्ट्रसङ्घका सदस्य देशका राजदूतहरूलाई आगामी महिना हुने निर्वाचनमा सहयोगका निम्ति अनुरोध गर्दै पत्राचार गरेको छ । एपीले पढेको उक्त पत्रमा मस्कोले मानव अधिकारका मुद्दामा समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै मस्कोले परिषद्लाई कुनै एक अमुक समूहको राजनीतिक स्वार्थ पूरा गर्ने उपकरण बन्न खोजेको आरोप लगाउँदै त्यसो हुन नदिन रुसलाई पुनः निर्वाचित गर्नुपर्ने तर्क पत्रमा गरिएको छ । नाम नलिइ रुसले परिषद्लाई पश्चिमा मुलुकले आफ्नो इच्छानुसार प्रयोग गर्न खोजेको आरोप लगाएको छ ।
जेनेभास्थित कूटनीतिज्ञहरूले रुसले गम्भीर मानव अधिकार उल्लङ्घन गरेको तथा अन्तरराष्ट्रिय फौजदारी अदालतले नेता भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने आदेश दिएको सन्दर्भमा अन्तरराष्ट्रिय रुपमा गुमेको रुसको गरिमा पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन् ।
Comments
अरु समाचार
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...