ताजा समाचार

अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान: १० बलमै बनाए अर्ध शतक

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले १० बलमै अर्धशतक पूरा गरे ।

भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् ।

अविश्वसनीय हिटिङ गर्दै उनले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org