मानव तस्करी गिरोहका नाइके हस्त गौतम उर्फ ‘मृदुल’ जेल चलान
काठमाडाैँ । अमेरिका मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके हस्त गौतम उर्फ ‘मृदुल’ जेल चलान भएका छन् ।
उनीविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीसहित गिरोहका सदस्य कमल तामाङ पनि अदालतको आदेशअनुसार जेल चलान भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । रुकुमका गौतमलाई प्रहरीले गत महिना भारतको सीमाबाट पक्राउ गरेको थियो ।
अमेरिका मानव तस्करी गर्ने यो सबैभन्दा ठूलो गिरोह भएको प्रहरी दाबी छ । नाइके पक्राउ परे पनि एजेन्टहरू भने अझै विभिन्न देशमा सक्रिय छन् । उनीहरूलाई प्रहरीले फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ ।
स्याङ्जाको वालिङ स्थायी घर भएका कुलप्रसाद काफ्ले, काभ्रे रोशीका लोकेश लामा, काभ्रे नमोबुद्धका जेम्स भन्ने पूर्ण लामा, गुल्मीकी मीनाकुमारी थापालाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरूमध्ये काफ्ले कोलम्बिया तथा दुबईमा बसेर मानव तस्करीको धन्दामा सक्रिय व्यक्तिहरू हुन् ।
उनीहरूलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत समेत प्रक्रिय अघि बढाउने तयारी गरेको छ । दुबईमा बस्ने थापाले मानव तस्करीको रकम हुन्डीमार्फत कारोबार गर्न सघाउँदै आएकी थिइन् ।
गौतमको गिरोहविरुद्ध जाहेरी दिनेमध्ये एक युवकले आठ वर्ष कतार र साउदी अरेबियामा ट्रक चलाएर केही पैसा जम्मा गरेका थिए । तर, अमेरिकी सपनामा त्यो पैसा गुमाएका छन् । फेसबुकमार्फत चिनजान भएका हस्त गौतमले उनलाई अमेरिका लैजाने सपना देखाएका थिए । त्यसका लागि सुरुमा काठमाडौंमा पाँच लाख बुझाए । जसअनुसार भिजिट भिसामा १८ माघ ०७९ मा दुबई लगेपछि थप पाँच लाख मेक्सिकोका लागि भनेर मागेका थिए । तर, त्यहाँ उनलाई केही भारतीयहरूले बन्धक बनाए । एक हजार डलर फिरौती तिरेर उनी २ वैशाख ०८० मा नेपाल फर्किएका थिए ।
त्यसयता एजेन्टहरू सम्पर्कविहीन भएपछि उनी प्रहरीमा पुगेका हुन् । प्रहरीले कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो समूहले एकै परिवारसँग एक करोड रुपैयाँसम्म अमेरिकाको सपना देखाएर विभिन्न देश पुर्याई अलपत्र पारेको थियो । गिरोहका नाइके गौतम आफैँ पनि अवैध बाटोबाट अमेरिका गएका व्यक्ति हुन् । पक्राउ परेपछि उनले धेरैलाई आफूले अमेरिका छिराएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












