‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म ‘जवान’ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस फिल्मले भारतमा सर्वाधिक व्यापार गरेको छ ।
त्यसो त शाहरुखले यस वर्षको सुरुमा फिल्म पठानमार्फत बलिउड बक्स अफिस कब्जा गरेका थिए । सो फिल्मले भारतमा कुल ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेकर्ड बनाएको थियो । शाहरुखको पठानको रेर्कड अहिले उनकै अर्को फिल्म जवानले तोडेको हो ।
त्यसो त यस वर्ष अहिलेसम्म ३ बलिउड फिल्म ५ सय करोड क्लबमा प्रवेश गरिसकेका छन् । पठान, गदार–२ र जवानले ५ सय करोडको रेर्कड बनाइसकेका छन् । जहाँ पहिलो दुई फिल्मले आफ्नो कलेक्सनका साथ बलियो किर्तिमान बनाए । फिल्म जवानको व्यापार तेस्रो साता पुग्दा पनि त्यतिकै तीव्र गतिमा अगाडि बढिरहेको छ ।
भारतमा यस फिल्मले १७ दिनमा ५ सय ४८ दशमलव २५ करोडको कलेक्सन गरिरहेको छ । जबकि, पठानले यसअघि ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेर्कड बनाएको थियो । यो रेकर्ड अहिले जवानले तोडेको हो । यसरी शाहरुख खानको जवान अहिलेसम्मको सबैभन्दा धेरै कमाउने बलिउड फिल्म नचल्ने भनिएको साउथमा नै यस फिल्मले ५६ दशमलव २१ करोडको व्यापार गरेको छ ।
जवान अहिलेसम्म बनेको सबैभन्दा ठूलो फिल्म मात्रै होइन, सबैभन्दा छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने भारतिय फिल्म पनि साबित भएको छ । हिन्दी कलेक्सनलाई हेर्दा जवानले १८ दिनमा ५ सय करोडको आकँडा पार गरेको हो,जहाँ ५ सय करोडको व्यापार भारतमा गर्न बाहुबली २ लाई ३४ दिन,पठानलाई २८ दिन र गदार २ लाई २४ दिन लागेको थियो ।
सन् २०२३ मा शाहरुख खानले बक्स अफिसमा राज गर्दै छन् भन्नेमा कुनै शंका छैन् । डिसेम्बरमा राजकुमार हिरानीको डन्कीमा शाहरुखले अरु नयाँ के रेर्कड राख्छन् कि राख्दैनन् , त्यो भने हेर्न बाँकी नै छ ।
Comments
अरु समाचार
-
यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र स्थापनाका लागि अघि बढाैँः बैद्य
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि...
-
विष्णु सापकोटाको उपन्यास अडिएका पाइला सार्वजनिक
काठमाडाैँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा...
-
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र...
-
लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक
काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ । विगत केही वर्षदेखि निरन्तर तिहारका गीत...
-
ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन
काठमाडौं । ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री...
-
सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु
काठमाडौं । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले...
-
वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित
काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा...
-
पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीलाई
काठमाडौं । पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । 'खोजी उत्कृष्ट प्रवासी प्रतिभा' भन्ने मुल...
-
धार्मिक,प्राकृतिक एवं संस्कृतिक मौलिकता पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम
काठमाडौं । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत...