एसियाली खेलकुदमा ९० स्वर्णसहित चीनको वर्चस्व कायमै, नेपाल पदकविहीन
काठमाडौं । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेको छ । चीनले अहिलेसम्म ९० स्वर्ण, ५१ रजत र २६ कास्यसहित १ सय ६७ वटा पदक जितेको छ । दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत र ३९ कास्यसहित ८६ पदक जितेर दोस्रो स्थानमा छ । जापान १८ स्वर्ण, ३० रजत र ३० कास्यसहित ७८ पदक जितेर तेस्रो स्थानमा छ ।
उज्बेकिस्तान तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्कसहित ३१ पदक जितेको छ । भारत ६ स्वर्ण, ८ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी थाइल्यान्ड पदक तालिकाको छैटौँ स्थानमा छ । उसले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित १८ पदक जितेको छ ।
हङकङ तालिकाको सातौँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित ३२ पदक जितेको छ । चाइनिज ताइपेई ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४ पदक जितेर तालिकाको आठौँ स्थानमा छ ।
पदक तालिकाको नवौँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, ९ रजत र १० कास्यसहित २२ पदक जितेको छ । उत्तर कोरिया ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक जितेर दशौँ स्थानमा छ । नेपालले भने कुनै पनि पदक जितेको छैन । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ुहर्ट टु हर्ट एट फ्युचरु अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।
विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हिजो शनिवार देखि औपचारिक रूपमा शुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












