ताजा समाचार

एमाले कोशी प्रदेश अधिवेशनः संखुवासभाबाट उपसचिव र ४ जनाको सदस्यमा उम्मेद्वारी

काठमाडाैँ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा संखुवासभाबाट उपसचिव र ४ जनाले सदस्यमा उम्मेद्वारी दिएका छन ।

विराटनगरमा जारी प्रदेश अधिवेशनमा संखुवासभाबाट उपसचिवमा भविश्वर गुरुङ्ग, खुल्ला सदस्यमा विदुर लिन्थेप, विरेन्द्र खत्री, खुल्ला युवा सदस्यमा विपिन तामाङ्ग र टंक प्रसाद दाहालले उम्मेद्वारी दिएका हुन ।

प्रदेश अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । उनीहरूले सचिव र उपसचिवमा प्यानलसहित उम्मेदवार खडा गरेका छन् । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्गको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सचिवमा उदयपुरका शैलेस लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएका छन् । उपसचिवमा झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।

सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org