ताजा समाचार

“संघीयताले नयाँ ‘फेलेभर’ दिन सकेन,व्यापक सुदृढीकरण आवश्यक छ”:नेता पुन

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनले संघीयताको व्यापक सुदृढीकरण आवश्यक देखिएको बताएका छन् ।

माओवादी केन्द्रको तीन महिना विशेष रूपान्तरण अभियानअन्तर्गत रूपन्देहीमा पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले मुलुकको क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न बनेका प्रदेश संरचनाहरूको भूमिका धेरै कमजोर देखिएको बताएका हुन ।

‘संघीयता डाइभरसीटीलाई हल गर्न बनेको हो । तर यसले कुनै नयाँ ‘फेलेभर’ दिन सकेन । त्यसैले धेरै पुनःसंरचना आवश्यक देखियो,’ आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले भने, ‘अहिले नै संघीयता असफल भयो भन्न मिल्दैन । प्रदेशले लिडरसीप देखाएनन् ।’ तीन महिने पार्टी सुदृढीकरण अभियानले जनतासँगको बिग्रिएको सम्बन्धनलाई सुमधुर बनाउने नेता पुनको भनाइ छ ।

जनतामा भएको निरासालाई आत्म आलोचनासहित अब रूपान्तरण गर्दै अघि बढने माओवादीले संकल्पका साथ अघि बढेको उनले बताए ।

भूमि समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शिक्षासहित समग्र जिल्लाको विकासका विषयमा विभिन्न छलफल र अन्तरक्रियाका कार्यक्रमहरूले पार्टी गर्दै जाने तय भएको पुनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org