अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही बेरअघि हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।
Comments
अरु समाचार
-
यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र स्थापनाका लागि अघि बढाैँः बैद्य
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि...
-
विष्णु सापकोटाको उपन्यास अडिएका पाइला सार्वजनिक
काठमाडाैँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा...
-
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र...
-
लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक
काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ । विगत केही वर्षदेखि निरन्तर तिहारका गीत...
-
ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन
काठमाडौं । ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री...
-
सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु
काठमाडौं । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले...
-
वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित
काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा...
-
पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीलाई
काठमाडौं । पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । 'खोजी उत्कृष्ट प्रवासी प्रतिभा' भन्ने मुल...
-
धार्मिक,प्राकृतिक एवं संस्कृतिक मौलिकता पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम
काठमाडौं । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत...