ताजा समाचार

एसियाली क्रिकेट क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ ।

नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो ।

अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।

एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो ।

उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भए पनि विश्वको मन जित्न सफल भएको थियो ।

पहिला ब्याटिङ्ग गर्दै नेपालले २३१ रनको सम्मान जनका लक्ष्य भारत विरुद्ध प्रस्तुत गरेको थियो ।

नेपाल र भारतबीच क्वाटरफाइनल खेल नेपाली समय अनुसार मङ्गलबार बिहान ६ः४५ प्रतिस्पर्धा हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org