एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुन् ।खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याएका छन् । २६ मत भने बदर भएको छ ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् । उनले ५२४ मत ल्याउँदा उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन् ।
२ जना उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । मोरङका खेमराज नेपाली भने पराजित भए । राईले ६१०, राजवंशीले ६२८ र नेपालीले ३९७ मत प्राप्त गरेका छन् ।
पदाधिकारीमा निर्वाचितहरु सबै खतिवडा पक्षकै रहेका छन् । उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...