ताजा समाचार

दार्चुलामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी लिएका छन्।

अधिकरीका अनुसार, “चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ । उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल थियो ।” घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

उक्त मिनिट्रक सडकदेखि करिब तीन सय ५० मिटर तल महाकाली नदी किनारामा खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org