ताजा समाचार

तराई क्षेत्रमा हुस्सु लाग्ने तथा उच्च भूभागमा हिमपात हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम खालको हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भूभामा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org