ताजा समाचार

इरानी मानव अधिरकारकर्मी नर्गिस मोहम्मदीले पाइन् २०२३ नोबेल शान्ति पुरस्कार

काठमाडौं । २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले ले पाएकी छिन्।

महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको लडाइँ, मानवाधिकार, स्वतन्त्रता,र समानताक लागि गरेको योगदानको कदर गर्दै उनलाई नोबेल शान्ति पुरस्कार समितिले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।

जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादी महिला तथा मानव अधिकारकर्मीका रुपमा परिचित छन् । इरानमा लामो समय देखि भइरहेको हिजाब विरोधी आन्दोलनमा पनि उनको विशिष्ट योगदान रहेको छ ।

५१ वर्षीया मोहम्मादीलाई इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको छ ।

मोहम्मादीलाई करिब ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय इरानी अदालतले सुनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org