ताजा समाचार

कीर्तिमानी हिमाल आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परेर बेपत्ता

काठमाडौं । तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परेर कीर्तिमानी हिमाल आरोही गाइड तेन्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् । नन्जेनले ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

शिसापाङ हिमालमा गत असोज २० दिउँसो करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्टि गरेको छ ।

नेपाल पर्वतारोहण संघको सचिवालयका अनुसार तेन्जेन उनै कीर्तिमानी आरोही गाइड हुन्, जसले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना (९२ दिन)को अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । यो रेकर्ड २७ जुलाई २०२३ मा बनेको हो ।

हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ ।

यस घटनामा कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको पर्यटन मन्त्रालयले जनाएको छ । पहिरोमा बेपत्ता भएका आरोही तथा गाइडको खोज तथा उद्दारका लागि मन्त्रालयले पहल गरिरहेको जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org