ताजा समाचार

हिमालय मातृभूमी फाउण्डेशनले शुक्रबार विराटनगरमा अवधारणापत्र सार्वजनिक गर्दै

विराटनगर । गैरनाफामुलक सामाजिक संस्था ‘हिमालय माृतभूमी फाउण्डेशन’ले विराटनगरमा यही असोज २६ गते शुक्रबार अवधारणापत्र सार्वजनिक गर्ने भएको छ। फाउण्डेशनले ‘सुशासन विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणापत्र सार्वजनिक गर्न लागेको सो संस्थाका अध्यक्ष टीकाराम पुरीले न्यूज नेपाललाई जानकारी दिएका छन् ।

विराटनगरको बरगाछीस्थित कञ्चनजंघा बैंकेटमा हुने कार्यक्रममा नेता, बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्, पत्रकारलगायतलाई आमन्त्रण गरिएको छ । केही दिनअघि काठमाडौंमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले फाउण्डेशनको उद्घाटन गरेकी थिइन् । देशमा सुशासन, विकास र समृद्धिमा जोड दिनु फाउण्डेशनको उद्देश्य रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org