ताजा समाचार

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यावसायि संघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org