अर्थतन्त्र लयमा फर्काउन ‘र्याडिकल रिफर्म’ जरुरी छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि आमूल परिवर्तन (र्याडिकल रिफर्म) जरुरी रहेको बताएका छन् ।
अर्थतन्त्रको समस्या समाधानका लागि सरकार, उद्योगी व्यवसायी र राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरेर संयन्त्र बनाउने तयारी रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीवार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरोकारवाला सबै रहेको संयन्त्र बनाउन लागेको बताएका हुन् ।
‘अर्थतन्त्रमा हामीले जुन समस्याको सामना गरेका छौं, एउटा संयन्त्र बनाएर त्यसलाई समाधान गरौं भन्ने महासंघको प्रस्तावमा सरकार सकारात्मक छ’ प्रधानमन्त्रीले भने, ‘देशमा फैलिएको निराशा र अविश्वासलाई विश्वास र भरोसामा बदल्न सबैका प्रतिनिधि समावेश गरेर एउटा संयन्त्र बनाऔं । जहाँ र ज्ञान सामूहिक विवेकको केन्द्रिकृत अभिव्यक्ति होस ।’
अर्थमन्त्री स्वदेश फर्केपछि अर्थतन्त्रको समस्या समाधानका लागि विज्ञसहितको संयन्त्र बनाउने उनले बताए । प्रचण्डले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो नभएकोले मौलिक ढंगले नै समाधान गरिनुपर्ने बताए । ‘म भर्खर प्रधानमन्त्री बनेको समयमा देश श्रीलंकाको बाटोमा जान लाग्यो भनेर त्रास सृजना गर्नै खोजिएको थियो । मैले नेपाल श्रीलंका हुने अवस्थामा छैन, त्यसको तुलना गरेर जनतालाई आतंकित बनाउनु हुँदैन भनेको थिएँ’ प्रचण्डले भने, ‘नेपाललाई कता लैजाने भन्ने निर्णायक हामी आफैं हो, राजनीतिक दल र अर्थविद्ले गर्ने हो । पोलिटिक्सले नै सबैलाई गाइड गर्ने हो ।’
देशको अर्थतन्त्रलाई लयमा फर्काउन बोल्ड डिसिजन जरुरी भइरहेको उनले बताए । ‘रेभ्युलुसन त भन्दिनँ तर अर्थतन्त्रलाई लयमा फर्काउन र्याडिकल रिफर्म जरुरी छ’ प्रचण्डले भने ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












