ताजा समाचार

मोदीको नेपाली भुमीमा भएको भ्रमणबारे सदनलाई जानकारी गराउन रवि लामिछानेको माग

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाली भुमीमा भएको भ्रमणको विषयमा सदनलाई जानकारी गराउन रास्वपा सभापति रवि लामिछानेले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सदनमा बोल्दै सभापति लामिछानेले भने,“समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ”, उनले भने, “नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org