ताजा समाचार

कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

काठमाडौं । उद्दव थापाले कोशी नेपाली कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले राजीनामा घोषणा गरेका हुन् ।

उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि जिम्मेवार रहेको बताउँदै दलको नेताबाट राजीनामा दिएको बताए ।

‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्‌नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’थापाले राजिनामा दिदाँ पत्रकार सम्मेलनमा भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org