ताजा समाचार

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

नेपाली टोलीका बलर दिपेश कँडेलले ६ विकेट लिए

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी उक्त प्रतियोगितामा आज(आइतबार) बहराइलाई ७ विकेतले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गरेको हो ।

टस हारेर फिल्डङको निम्तो पाएको नेपालले बहराईनलाई ३७.५ ओभरमा अल आउट गर्दै ७७ रन मात्र बनाउन दिएको थियो । बलिङ तर्फ नेपाली टोलीका बलर दिपेश कँडेलले ९.५ ओभर बलिङ गर्दै चार रन खर्चेर आठ मेडन ओभर सहित ६ विकेट हात पारेका थिए । त्यस्तै अर्का बलर दुर्गेस गुप्ताले पनि चार विकेट चड्काए । आठ ओभर बलिङ गरेका गुप्ताले एक मेडन राख्दै २२ रन खर्चिएका थिए ।

उत्कृष्ठ फिल्डङ पछि ब्याटिङमा उत्रिएको नेपालले सुरुवाति चरणमा दश रनमा लगातार ३ विकेट गुमाएको थियो । त्यसपछि  सम्हालिदै ११.४ ओभरमा विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए ।

एक खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ । बहराइन र इरानले भने एक खेल पनि जित्न सकेका छैनन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् ।

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org