ताजा समाचार

कोशीका नवन्युक्त मुख्यमन्त्री केदार कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका नवन्युक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यलयमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

साथै मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रीपरिषद पनि गठन गरेका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसलाई समेटेर तिन सदस्यीय मन्त्रीपरिषद पनि गठन गरेका हुन्। नयाँ मन्त्रीपरिषदमा कांग्रेस सांसद शमशेर राई र एमाले सांसद राम राना रहेका छन् । राई र रानाले पनि आज(आइतबार) नै शपथ लिएका छन् । मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन् ।

कोशीमाको वर्तमान सरकार संविधानको धारा १६८ (५) अनुसारको बनेको हो। यो सरकारले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्दछ । विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org