ताजा समाचार

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाई र उपचार बन्द

नयाँ क्याम्पस प्रमुख नआएसम्म ताला नखोल्ने

काठमाडौं । भैरहवाको युनिभर्सल कलेव अफ लका विद्यार्थीहरुले विभिन्न माग राख्दै अस्पतालका सम्पुर्ण सेवाहरु बन्द गराएका छन् । विगत केही समय देखि विभिन्न माग राखी आन्दोलनमा रहेका विद्यार्थीहरुले आन्दोलनलाई थप कडा बनाउदै अस्पतालका सम्पुर्ण सेवा बन्द गराएका हुन ।

कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । शान्तीपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुलाई आक्रमण गरिएको भन्दै उनिहरुले कडा आक्रोस पोखेका छन् ।

आन्दोलनमा अहिले इन्टर्नसिप गरिरहेका डाक्टरहरु पनि जोडिएकाले थप शसक्त बनेको छ । विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा. लक्ष्मि पाठकको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गर्नुका साथै क्याम्पस प्रवेशमा रोक समेत लागएका छन् । विज्ञप्ती निकाल्दै विद्यार्थीहरुले नयाँ क्याम्पस प्रमुख नआएसम्म ताला नखोल्ने जनाए ।

प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org