ताजा समाचार

कोशी प्रदेश सभाको बैठक कार्तीक १ गते बस्ने, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं। कोशी प्रदेश सभाको बैठक आगामी कार्तीक १ गते बस्ने भएको छ।  बैठकमा नवन्युक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने लागेको बुझिएको छ ।

यसअघि प्रदेश सभाको बैठक असोज २० गते स्थगित भएको थियो । कोशी प्रदेश सभा सचिवालयले आगामी कात्तिक १ गते बुधबार ११ बजेका लागि बैठक बस्ने गरि सूचना जारी गरेको छ ।

मुख्यमन्त्री कार्कीले शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्। कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ।उनले विश्वासको मत प्राप्त नगरे कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org