ताजा समाचार

शान्तिको पक्षमा आज युवा र विद्यार्थीले रत्नपार्कमा जुलुश निकाल्दै

भक्तपुर। प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका छन् ।

पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँसो १ बजे रत्नपार्कबाट वृहत् जुलुश निकालिने जनाएको हो ।‘अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरुद्ध भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् ।

रत्नपार्कबाट हुने वृहत् जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org