ताजा समाचार

आईसीसी टी–२० क्रिकेटमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा प्रतिस्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिड्न लागेको हो ।

नेपाल समूह ‘ए’को उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org