ताजा समाचार

आठौँ अरुण भ्याली फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । संखुवासभाको खादँबारी नगरपालीका–३ मानेभञ्ज्याङमा आमन्त्रीत अरुणभ्याली फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी कात्तिक २० देखि २४ गतेसम्म सञ्चालन हुने आठौं आमन्त्रित अरुणभ्याली फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक उमेश गुरुङले जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्डस् क्लब र तीनपोखरीबिच प्रतिस्पर्धा हुनेछ । यस्तै,सोही दिनको दोस्रो खेलमा अरुण एडभान्स र शीत्तलपाटीबिच प्रतिस्पर्धा हुनेछ । २१ कात्तिकमा क्वार्टर फाइनलका खेल हुनेछन् भने २३ कात्तिकमा सेमिफाइनलको खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने कात्तिक २४ गते शुक्रबार हुने तालिका रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक एडभान्स क्लबसहित फ्रेन्ड्स क्लब,तीनपोखरी क्लब, अरुण एडभान्स,शीत्तलपाटी एफसी ,मिरमिरे युवा क्लब, लोहरुङ क्लब, शभापोखरी र खाँदबारी युथ क्लब सहभागिता रहेको छ ।

विजयी टिमलाई २ लाख नगद र उपविजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ । खाँदबारी–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ।

खेलतालिका

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org