ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड दुबईमा हुने कोप–२८ सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएका छन् ।

यूएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरुको २८औँ सम्मेलनमा सहभागी हुन उनी यूएई जान लागेका हुन् । कोप–२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

“कोप–२८ मा सहभागी हुनको लागि प्रधानमन्त्रीज्यू आगामी मंसिर महिनामा यूएई जाँदै हुनुहुन्छ । यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ,” प्रधानमन्त्रीको सचिवालय स्रोतले बाह्रखरीसँग भन्यो ।

सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने विषयमा छलफल हुनेछ । सम्मेलनमा जलवायु परिवर्तन र यसका असरका बारेमा छलफल गर्न विश्वभरका विज्ञहरु र सरोकारवालाहरु सहभागी हुनेछन् ।

कोप–२८ ले पेरिस सम्झौतामा उल्लिखित विश्वव्यापी प्रयासहरुलाई ठोस रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org