ताजा समाचार

लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक

काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ ।

विगत केही वर्षदेखि निरन्तर तिहारका गीत बजारमा ल्याएर आम दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायक भट्टराईको यसपालि पनि “देउसी र भैलो” बोलको गीत सार्वजनिक भएको हो।

नेपाली लोक गीत संगीत क्षेत्रका चर्चित हस्तिहरुको साझा प्रस्तुति रहेको उक्त गीतको शब्द संगीत निकेश राईले भरेका छन्। त्यस्तै स्वरमा भने सुशिल भट्टराईलाई कुशुम गुरुङ, सविन शंकर, राजु बाह्रकोटी,नौली याम्फू , कैलाश वि.क, र निकेश राईले साथ दिएका छन् ।

गीतको भिडीयो निर्देशन अनिल राईले गरेका छन् । त्यस्तै योगेश राई, अनुशा राई, आयुस्मा राई र अनिल राई लगायत विभिन्न कलाकारहरुको गीतमा अभिनय रहेको छ ।

गीत निकेश राई नामको अफिसियल युटुब च्यानलमार्फत हेर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org